
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू पार्टीको अध्यक्ष नभएको बताएका छन्। केन्द्रीय कमिटी बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू संयोजकको भूमिकामा रहेको बताए।
संक्षिप्त प्रतिक्रिया दिंदै प्रचण्डले भने, “आज हामीले केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न गर्यौं, म अब अध्यक्ष होइन, संयोजक हुँ।” सञ्चारकर्मीले सोधेको पासपोर्ट छानबिनबारे भने उनले कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे