
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका दोषीहरूलाई कानुनी कारबाही गर्ने बताएकी छन्। अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै उनले दोषीमाथि कडा कानुनी कदम चालिने स्पष्ट गरिन्।
प्रधानमन्त्री कार्कीले आउँदो २१ फागुनभित्र देशभर भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गरिन् र सबै राजनीतिक दलहरूलाई चुनावमा भाग लिन आग्रह गरिन्।
उनका अनुसार विदेशमा बस्ने नेपाली नागरिकहरूले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउनेबारे निर्वाचन आयोगसँग छलफल भइरहेको छ। साथै, आन्दोलनका क्रममा नेताहरूको घरमा भेटिएको रकमको विषयमा पनि छानबिन सुरु भइसकेको जानकारी उनले दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे