
काठमाडौं, असोज ३ – आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। यो दिन नेपाली जनताको लामो संघर्षपछि बनेको संविधान २०७२ को सम्झनामा मनाइन्छ।
आजको मुख्य कार्यक्रम बिहान ८स्३० बजे टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुनेछ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने छन् । भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छन् ।
हालको विशेष राजनीतिक परिस्थिति ९जस्तैस् जेनजी आन्दोलनको असर० को कारण यस वर्ष झाँकीजस्ता सांस्कृतिक कार्यक्रमहरू भने स्थगन गरिएको छ। तर, दिवसको महत्व भने यथावत् रहेको सरकारद्वारा जनाइएको छ।
संविधान दिवस नेपाली जनताको दशकौं लामो बलिदान र सङ्घर्षको प्रतीक हो। २०७२ साल असोज ३ गते दोस्रो संविधानसभाले बनाएको ‘नेपालको संविधान २०७२’ तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले औपचारिक रूपमा घोषणा गर्ने छन् ।
संविधान घोषणासँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो। यो संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे