
काठमाडौं — सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा असोज १ गते (बुधबार) देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहने छन् भने राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार भोलिका लागि सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिएका हुन्।
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा भएको ‘जेनजी’ आन्दोलनको क्रममा कम्तीमा ७२ जना युवाहरूले ज्यान गुमाएका थिए। उनीहरूको स्मृतिमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय लिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे