
काठमाडौँ — सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। अब केही दिनमै आयोगले प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्रोत र साधन उपलब्ध भएमा तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको बताएका छन्। हाल आयोगमा पाँच मध्ये दुई आयुक्तको पद खाली छ, तर प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जनशक्ति, बजेट र स्रोतसाधनको विषयमा गृहकार्य गर्दै आयोग अगाडि बढेको छ।
निर्वाचन आयोग ऐनअनुसार सरकारले आयोगको सल्लाहमा निर्वाचन मिति तोक्नुपर्ने व्यवस्था भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा भदौ २७ गते निर्वाचन मिति घोषणा गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे