
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी त्याग गरेकी छन्। उनले रास्वपाको केन्द्रीय समूहमा सन्देश पठाउँदै, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मैले पार्टी छाडेँ,” भनेकी छिन्। श्रेष्ठले पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको आरोप लगाएकी छन्।
उनले आफूले सुरुदेखि नै यस्ता प्रवृत्तिको आलोचना गर्दै आएको तर त्यसले कुनै असर नगरेको बताइन्। “गल्ती कहिल्यै नस्वीकार्ने, गल्तीमाथि गल्ती गर्ने र सबैले त्यसको बोझ बोक्नुपर्ने अवस्था आयो,” श्रेष्ठको आरोप छ। साथै, उनले आफूप्रति भइरहेका मिडिया ट्रायललाई अस्वीकार्य भनेकी छन्। पार्टीको भित्री कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै उनले अन्ततः रास्वपा परित्याग गरेको घोषणा गरेकी हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे