
काठमाडौं — भदौ २४ गतेको आगजनी र तोडफोडपछि क्षति भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माले आइतबार ९भदौ २८० बाट सरकारी सेवा पुनः सुरु हुने जानकारी दिएका छन्।
उनका अनुसार सुरूमा आधारभूत सेवा सुचारु हुनेछ भने पूरा रुपमा काम लयमा फर्किन एक हप्ता लाग्न सक्छ। जेनजी समूहको आन्दोलनका क्रममा सिंहदरबारभित्रका धेरै मन्त्रालय, कार्यालय र फर्निचरहरूमा आगो लगाइएको थियो।
अहिले सरसफाइ र मर्मत सुरु भएको छ। धेरै सामग्री जलेर खरानी भएकाले क्षतिको हिसाब(किताब गर्न पनि गाह्रो भएको छ। तर, प्रवक्ता शर्माले अस्थायी मर्मतपछि काम थालेको र विस्तृत लगत र दीर्घकालीन पुनर्निर्माण योजना चाँडै तयार गरिने बताएका छन्।
सरकारले जनसेवा फेरि सुचारु गर्न प्राथमिकता दिएको स्पष्ट संकेत दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे