
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले आफू नयाँ प्रधानमन्त्री सुशीला कार्कीको सरकारमा सहभागी नहुने स्पष्ट पारेकी छन्। शुक्रबार साँझ शीतल निवासमा भएको शपथ कार्यक्रममा सहभागी भएपछि उनी मन्त्री बन्ने अड्कलबाजी चल्न थालेको थियो। तर शनिबार फेसबुक लाइभमार्फत बोल्दै उनले यस्तो चर्चा गलत भएको बताइन्।
“क्याबिनेटमा जान लाछैन,” भन्दै उनले आफूप्रति भ्रम नफैलाउन सबैलाई आग्रह गरिन्। पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले प्रधानमन्त्री कार्कीको नेतृत्वलाई शुभकामना दिँदै भनिन्, “सत्ता होइन, सेवा सोच्नुपर्छ। नाम होइन, काम गर्नु पर्छ।”
उनले हालैको आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झना गर्दै भनिन्, “कलिला भाइबहिनीहरूको दाहसंस्कार पनि सकिएको छैन। यस्तो परिवर्तन बलिदानबाट आएको हो। त्यसैले मन्त्री बन्ने सपना देख्नु हुँदैन।”
उनले परिवर्तन केवल सत्ता फेरबदल नभइ संस्कार परिवर्तनको संघर्ष भएको र आफू त्यही परिवर्तनको पक्षमा रहेको बताइन्। श्रेष्ठले बलिदानी आन्दोलनको मर्म नबिर्सिएर त्यसलाई जीवनशैलीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे