
काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनको क्रममा देशभर घटेका हिंसात्मक घटनाबारे प्रमाण संकलनका लागि सर्वसाधारणसँग सहयोगको अपील गरेको छ। प्रहरीका अनुसार भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शनका क्रममा आगजनी, लुटपाट, तोडफोड र जनमानसमा त्रास फैलाउने घटनाहरू भएका थिए।
यी घटनासँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक सञ्जालका लिंकहरू भए, प्रहरीको आधिकारिक इमेल ठेगानो [email protected] मा पठाउन आग्रह गरिएको छ। प्रहरीले पठाउनेको गोपनीयता पूर्णरूपमा सुरक्षित रहने स्पष्ट पारेको छ।
प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, प्रधानमन्त्रीको सरकारी र निजी निवास, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूका घर, सयौँ प्रहरी चौकी, सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको छ। साथै निजी व्यवसायीका घर, उद्योग, होटल र शपिङ मलहरूमा पनि क्षति पुर्याइएको छ।
प्रहरीले सत्य तथ्य पुष्टि गर्न प्रमाण आवश्यक रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे