
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी विनोद घिमिरेका अनुसार, प्रदर्शनको क्रममा विभिन्न कारणले ज्यान गुमाउनेको संख्या बढ्दो छ।
उनका अनुसार, प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र कोटेश्वर प्रहरी प्रभागमा कार्यरत एक जना गरी ३ जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ।
यस्तै, प्रहरीले बल प्रयोग गर्दा २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ। यसका साथै, आन्दोलनका क्रममा भएको आगजनी, भागदौड र करेन्ट लागेर थप १८ जनाको ज्यान गएको जानकारी डिआईजी घिमिरेले दिएका छन्।
प्रदर्शनको क्रममा घाइते भएका केही व्यक्तिको उपचारका क्रममा मृत्यु भएको आशंका पनि गरिएको छ। मृतकहरूको पूर्ण पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे