
काठमाडौं । काठमाडौं उपत्यकामा जारी अस्थिर परिस्थितिलाई ध्यानमा राख्दै कर्फ्यु र निषेधाज्ञा फेरि लम्ब्याइएको छ। नेपाली सेनाले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो।
भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भदौ २८ बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ। अत्यावश्यक काम ९जस्तैस् किनमेल, औषधि किन्न, कार्यालय जान० का लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म मात्रै हिँडडुल गर्न पाइनेछ।
एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, दूध, ग्यास, तरकारी, औषधि ओसारपसार गर्ने सवारी चल्न सक्नेछ। सरकारी कर्मचारी र बैंककर्मीले सक्कल परिचयपत्र देखाएर कार्यालय जान पाउनेछन्। आन्तरिक वा अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुहरूले टिकट देखाएर हिँड्न सक्नेछन्।
तर, छुट दिइएको समयमा पनि जुलुस, धर्ना वा प्रदर्शन गर्न पाइने छैन। सेनाले सबै नागरिकलाई संयमित भई सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे