
काठमाडौँ । जेनरेशन जेड (Gen Z) आन्दोलनको प्रभाव देशभर फैलिइरहेका बेला कारागारहरूबाट कैदीबन्दी भाग्ने क्रम तीव्र बनेको छ। डिल्लीबजार कारागारमा पनि केही कैदीबन्दीले भाग्ने प्रयास गरेका थिए। उनीहरू कारागारको गेटसम्म पुगेका बेला नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
बन्दीहरूले आफूहरूलाई साधारण तारेखमा छोड्न माग गर्दै प्रदर्शन गरेका थिए। रवि लामिछानेलाई नख्खु कारागारबाट निकालिएपछि देशभरका कैदीबन्दीहरूमा आन्दोलन चर्किएको देखिएको छ। कास्की कारागारबाट सबै कैदीहरू फरार भएका छन् भने कपिलवस्तु कारागारबाट ४ सयभन्दा बढी बन्दी भागेका छन्। यस्तै, सुदूरपश्चिमका बाजुरा बाहेक सबै जिल्ला कारागारबाट बन्दीहरू भागिसकेका छन्।
भीमफेदी कारागारबाट मात्रै मध्यरातमा २६० जना बन्दीहरू पलायन भएका छन्। तनहुँ कारागारबाट पनि कैदीहरू भागेको पुष्टि भएको छ। देशभरको कारागार सुरक्षामा गम्भीर चुनौती देखिँदै गएको छ भने सुरक्षा निकायले उच्च सतर्कता अपनाउन थालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे