
काठमाडौँ । जेन(जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ देखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कफ्र्यू आदेश जारी भएको हो । त्यस्तै बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कफ्र्यू आदेश जारी भएको छ ।
दर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका थिए । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । भवन क्षेत्र आसपासको सडक प्रदर्शनकारीले नियन्त्रणमा लिएका हुन् । संसद भवन प्रवेश गर्ने तीन वटै गेटअगाडि प्रदर्शनकारी हाबी छन् । उनीहरूलाई हटाउने प्रयास गरिरहे पनि प्रहरी सफल भएको छैन ।
संसद् भवन परिसर भित्रबाट समेत प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेका छन् । तर, प्रदर्शनकारीले उक्त अश्रुग्याँस टिप्दै संसद् भवन भित्र फालिरहेका छन् । हाल प्रदर्शनकारीले प्रहरीलाई पानीको बाेटल र ढुङ्गा प्रहार गरिरहेका छन् । भिड तितरबितर पार्न प्रहरीले बाल प्रयोग गरिरहेको छ । तर, प्रदर्शनकारी पछि हटेका देखिँदैनन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे