
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सोमबार हुन लागेको ‘जेन जी’ पुस्ताको र्यालीलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् । उनले कुनै पनि राजनीतिक दल, नेता वा अभियन्तालाई आफ्नो स्वार्थ पूरा गर्न उक्त र्यालीमा ‘बाठो’ नबन्न चेतावनी समेत दिए। उनले उक्त र्याली २८ वर्षमुनिका युवाहरूको भएको स्पष्ट पार्दै आफू समेत उमेर हदका कारण सहभागी हुन नमिल्ने बताए।
‘भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा न्भल श् को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु,‘ शाहले लेखेका छन्, ‘भोलि यो स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला।’ जेनजी पुस्ताले सोमबार बिहान ८ बजेदेखि आन्दोलनको तयारी गरिरहेको छ। यस आन्दोलनमा उनीहरूले दुई वटा माग राखेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे