
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा भाग लिएर बुधबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भदौ १४ गते चीनको तियानजिन प्रस्थान गरेका थिए। उहाँसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत सरकारी अधिकारीहरू सहभागी थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरे। साथै, उनले शिखर सम्मेलनलाई पनि सम्बोधन गरे। नेपाल सन् २०१६ देखि शाङ्घाई सहयोग संगठनको संवाद साझेदारको रूपमा सहभागी हुँदै आएको छ। सन् २००१ मा स्थापना भएको यो संगठन हाल विश्वकै ठूलो क्षेत्रीय संगठनहरूमध्ये एक बनेको छ।
चीन, भारत, रूस, पाकिस्तान, इरान, बेलारुस, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान यसका स्थायी सदस्य राष्ट्र हुन्। प्रधानमन्त्रीको यो भ्रमण चीनसँगको मित्रता बलियो बनाउने उद्देश्यसहित गरिएको हो। शिखर सम्मेलनमा विभिन्न क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे