
काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको राजधानी बेइजिङ जाँदै छन्। बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उपराष्ट्रपति चङ्गले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
यसअघि ओलीले थियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेट गरिसकेका छन्। भ्रमणको अन्तिम दिन, भदौ १८ गते, प्रधानमन्त्री ओली सहितको नेपाली टोली बेइजिङमा हुने दोस्रो विश्वयुद्धमा फासिवादविरुद्धको विजय तथा जापानी अतिक्रमणविरुद्ध चिनियाँ जनताको संघर्षको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ।
सोही दिन प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे