
काठमाडौँ — चीनमा आयोजना गरिएको शाङ्घाइ सहयोग संगठन (एससीओ ) प्लसको शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। आइतबारदेखि सुरु भएको यस सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले आज औपचारिक सम्बोधन गर्दै छन्।
एससीओ प्लसमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य रहेका छन्। प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँचदिने चीन भ्रमणमा छन् र सोही अवसरमा सम्मेलनमा भाग लिइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे