
चितवन — भरतपुर महानगरपालिका–२८ अन्दौली सुकुम्बासी टोलका ६५ वर्षीय खिमबहादुर सुनारको गैंडाको आक्रमणबाट ज्यान गएको छ। उनी राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला गैंडाको आक्रमणमा परेका थिए।
हिजो दिउँसो घाँस काट्ने क्रममा गैंडाले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे