
काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सामान्य अवस्थामा रहेको छ भने बंगालको खाडीबाट मनसुनी हावा सक्रिय भएका कारण देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ।
शुक्रबार बिहानैदेखि अधिकांश भागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ।दिउँसो देशभर बादल लाग्ने र पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
रातिको समय पनि आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे