
डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। सबै मृतक र घाइतेहरू एकै वडाका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद छन्।
घाइते हुनेहरूमा १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४ वर्षीया प्रतिका पार्की रहेका छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ बजे ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको से १ ज ७३८ नम्बरको जिप अनियन्त्रित भई कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे