
काठमाडौँ, ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन्। भारतले औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाए पनि अहिलेसम्म मिति तय नभएकोले उनी पहिला चीन जान लागेका हुन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन जाँदै हुनुहुन्छ।”
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भ्रमणको लागि बोलाइसकेका छन् तर भ्रमण कहिले हुने भन्ने टुंगो लागेको छैन। त्यसैले चीनको भ्रमण पहिला गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए। यो जानकारी मन्त्री परिषद्को भदौ २ गतेको निर्णय सार्वजनिक गर्ने क्रममा आएको हो। चीन भ्रमणपछि प्रधानमन्त्री ओली भारतको भ्रमणमा जाने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे