
काठमाडौँ , ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी क्षेत्रमा सामान्य बादल लाग्नेछ भने अन्य ठाउँमा आंशिक बादल देखिनेछ। पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षाको सम्भावना पनि छ।
महाशाखाले भारी वर्षाका कारण पहिरो खस्ने, खोलानालामा पानीको सतह बढ्ने, र यातायात अवरुद्ध हुने जस्ता जोखिमहरू बढ्न सक्ने चेतावनी दिएको छ। त्यसैले सतर्क रहन र आवश्यक तयारी गर्न सबैलाई अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे