
काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतमा छौं भन्दै जस्तोसुकै निर्णय गर्न नहुने बताएका छन्। बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “हामी चुनाव जितेर बहुमत पाउँछौं, तर त्यो बहुमतको आधारमा जे मन लाग्यो त्यही निर्णय गर्न मिल्दैन।” ‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ उनले भने । उनले थपे , ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संख्या भएपछि सरकार बन्छ।
बहुमत भएपछि निर्णय गर्ने कुरा वैधानिक हुन्छ। तर आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ।’गगन थापाको भनाइ अनुसार, संसदमा निर्णय गर्न बहुमत आवश्यक पर्छ र त्यसको आधारमा निर्णय वैधानिक (कानुनी) हुन्छ। तर त्यस्तो निर्णय सबैले स्विकार्नुपर्छ भने मात्र त्यो निर्णय ‘वैध’ (लोकमान्य) हुन्छ।
यो भनाइको सन्दर्भ हालसालैको घटनासँग जोडिएको छ, जहाँ कांग्रेस र एमाले मिलेर उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गर्दै छन्। उनीहरू अहिले संसद्मा त्यसको लागि प्रस्ताव लैजान सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। कांग्रेसले सांसदहरूलाई एउटा खाली कागजमा नाम लेखेर त्यसमा हस्ताक्षर गराउँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे