
काठमाडौं – संघीय संसदको प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। सांसदहरूले उठाएका विभिन्न विषयमा प्रधानमन्त्री आफैंले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले “बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८२” संसदमा प्रस्तुत गर्दै उक्त विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। यसका अतिरिक्त, “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि बैठकको कार्यसूचीमा रहेको छ।
उक्त विधेयकहरू बालबालिकाको अधिकार संरक्षण तथा मानव बेचबिखन नियन्त्रणसम्बन्धी कानूनलाई अझ प्रभावकारी बनाउन ल्याइएको बताइएको छ। बैठकमा विभिन्न सांसदहरूले यी विषयमा आफ्ना धारणा राख्नेछन् भने प्रस्तावहरूमा बहसपछि निर्णय गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे