
काठमाडौँ, भदौ ४ — अहिले देशभर मनसुन केही कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, बङ्गालको खाडीबाट अझै पनि पानीयुक्त हावा देशमा आइरहेको छ।
बुधबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै पहाडी भेगमा मौसम सामान्यतया बादल लाग्नेछ भने अन्य ठाउँमा आंशिक बादल रहनेछ। ती क्षेत्रका पहाडी भेगमा केही ठाउँ र तराईका एक–दुई स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसँगै देशका पहाडी भागमा बादल लाग्नेछ। यी प्रदेशका केही पहाडी र तराई क्षेत्रहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकीका केही पहाडी ठाउँमा भारी वर्षा पनि हुनसक्नेछ।
महाशाखाले वर्षाका कारण पहाडमा पहिरो, माटो र ढुंगा बग्ने (डेब्रिज फ्लो) सम्भावना रहेको बताउँदै, खोला र नदीहरूमा पानीको सतह बढ्नसक्ने चेतावनी दिएको छ। यसले गर्दा यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन र आवश्यक तयारी गर्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे