
काठमाडौं, भाद्र २ — राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हमासद्वारा अपहरणमा परेका नेपाली युवक विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीको प्रयासको स्वागत गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विपिनको रिहाइका लागि गम्भीर भएर काम गरिरहेको बताएका थिए। त्यसको जवाफमा शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई धन्यवाद दिंदै भने, “सरकारको साथ र जिम्मेवारीको भावना राम्रो हो, तर यसलाई हावा गफमा सीमित नराख्नुस्।”
उनले प्रधानमन्त्रीलाई उखान–टुक्का शैलीमा कुरा मात्र नगरी काम गरेर देखाउन आग्रह गरे। शाहीले विपिनको रिहाइको विषयमा वास्तविक पहल होस् भन्ने आशा व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे