
काठमाडौं, भाद्र १ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ पिप्रामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप ५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती बिमला देवी सरदार रहेका छन् । आफ्नै खेतको काम सकेर राति ८ बजे घर फर्कने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कंचनरूपका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार स्थानीय महेन्द्र सदाले हात्तीबाट धान जोगाउन लगाएको जिआई तार तानी जोडेको करेन्ट लागेर घटना स्थलमै दम्पत्तिको मृत्यु भएको हो । दम्पत्तिको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे