
काठमाडौँ — नेपालमा हाल केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसारमनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ भने बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिन क्रम जारी छ।
महाशाखाले जानकारी गराएअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। विशेष गरी मधेस, कोशी, बागमती प्रदेशका तराई तथा पहाडी भूभागहरू र अन्य प्रदेशका पहाडी भागहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ। मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा र कोशी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले बाढी, पहिरो र जलस्रोतजन्य जोखिममा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। थप जानकारीका लागि महाशाखाको वेबसाइट हेर्न सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे