
काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली चीन जान लागेका छन्। परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार, उनी शांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाने तय भएको छ।
यो सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) चीनको राजधानी बेइजिङमा आयोजना हुँदैछ। सम्मेलनको उद्घाटन चीनका राष्ट्रपति सी जिनपिङले गर्नेछन्।
यस कार्यक्रममा विश्वभरका करिब दुई दर्जन (२० भन्दा बढी) देशका राष्ट्र प्रमुखहरू सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीको यो भ्रमण नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे