
काठमाडौँ । भारतको उत्तराखण्डमा गएको हप्ता परेको भारी पानीपछि आएको बाढीले धेरै ठूलो क्षति पुर्याएको छ। त्यस बाढीमा परेर हालसम्म २६ जना नेपाली बेपत्ता भएको दिल्लीमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार उत्तरकाशी जिल्लाको धराली भन्ने ठाउँबाट २१ जना र पौडीगढवाल जिल्लाको बंकुरा भन्ने ठाउँबाट ५ जना नेपाली बेपत्ता भएका छन्।
धरालीमा बेपत्ता हुनेहरूमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर छन्।
त्यस्तै, पौडीगढवालमा हराउनेहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे