
काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध न्यायपालिकामा हस्तक्षेप र मुद्दामा प्रभाव पार्न खोजेको आरोप लाग्दै छानबिनको माग भएको छ।
अधिवक्ता रमेशबहादुर रावलले सोमबार न्याय परिषद्मा दर्ता गराएको निवेदनमा, रुपन्देही जिल्ला अदालतमा विचाराधीन मुद्दामा लामिछानेले सर्वोच्च अदालतमा गैरसम्बन्धित निवेदन दर्ता गराई अदालतलाई भ्रममा पार्ने प्रयास गरेको दाबी गरिएको छ।
निवेदनमा, मुद्दा टुंगोमा नपुग्दै केही प्रतिवादी मात्र दोषी ठहर हुने र बाँकी निर्दोष हुने दाबी गर्दै थुनामुक्तिको बाटो खोल्ने प्रयत्न भएको उल्लेख छ। साथै, लामिछाने पक्षले सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जनमत सिर्जना गर्दै अदालतमा दबाब सिर्जना गर्ने काम गरेको आरोप पनि छ।
रावलले रुपन्देही जिल्ला अदालतमा कार्यरत तीन जना न्यायाधीशलाई लक्षित गरी थुनामुक्तिको आदेश इजलास बाहिर तयार गरिएको गम्भीर आरोप लगाएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे