
इनरुवा, साउन २६ । सुनसरीमा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। । सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच९बलुवा चौक०मा सडक दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकअर्कामा ठोक्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेको पहिचान हुन सकेको छैन । घाइतेको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे