
काठमाडौँ, साउन २४ । मनसुनको प्रभाव अहिले नेपालको तराई र पूर्वी भागमा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य ठाउँमा थोरै ठाउँमा मध्यम खालको वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा पनि हुन सक्छ।
आज राति पनि मौसम धेरैजसो ठाउँमा बादल लाग्नेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्छ। कोशी, बागमतीका पहाडी भू–भाग र मधेश प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे