
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा नेपालका १७ जना नेपाली परेका हुनसक्ने आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका ओलीले नेपालीको उद्धारका लागि भारतसँग कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन्।
फेसबुकमा पोस्ट गर्दै उनले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न शुभकामना दिएका छन्। उत्तराखण्डको उत्तरकाशी क्षेत्रमा क्लाउड ब्रस्ट (अचानक ठूलो वर्षा) र हिमताल विस्फोटका कारण बाढी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कुशे गाउँपालिका–२ का १३ जना नेपाली हालसम्म सम्पर्कविहीन रहेको पालिका अध्यक्षले बताएका छन्। उद्धार प्रयास जारी रहेको जनाइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे