
काठमाडौँ । गएराति परेको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। गजुरी गाउँपालिकाको जहरे खेत नजिकै खसेको ठूलो पहिरोले राजमार्ग दुबैतर्फ ठप्प बनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठका अनुसार पहिरो पन्छाउन प्रयास भइरहेको छ। सवारी जाम नियन्त्रण गर्न प्रहरीले विभिन्न स्थानमा गाडी रोकिदिएको छ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट निस्किएका तथा राजधानी प्रवेश गर्ने सवारी साधनहरू सडकमै रोकिएका छन्। निरन्तर पानी परिरहेको र पहिरो बगिरहेकोले पन्छाउन कठिन भएको प्रहरीको भनाइ छ।
जहरे खेतको पहिरो हटाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ। साथै, अन्य स्थानमा पनि सडक एकतर्फ मात्रै सञ्चालनमा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे