
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा गएर भेट गरेका छन्। भट्टराई लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन गएका थिए र त्यही क्रममा बिहीबार लामिछानेसँग भेट गरेका हुन्।
भेटमा दुबैले देशमा वैकल्पिक राजनीतिक शक्ति, सुशासन र समृद्धिबारे गम्भीर कुराकानी गरेको भट्टराईले जानकारी दिए। उनले अदालतको निर्णयबारे टिप्पणी नगर्ने भन्दै, रवि लामिछानेमाथि लागेको आरोप अहिलेसम्म पुष्टि नभएको पनि बताए।
“रवि जनताको प्रतिनिधि हुन्, भाग्ने सम्भावना छैन,” भट्टराईले भने। उनले रविसँग व्यक्तिगत सद्भाव रहेको र त्यसैले भेट्न गएकाे स्पष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे