
काठमाडौँ — सिन्धुलीका एक युवकको मिर्गौला गैरकानुनी रूपमा निकालिएको घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका समिर परियारलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
सिन्धुलीको दुधौली नगरपालिका–१ निवासी खिलबहादुर भुजेललाई रोजगारीको लालच देखाएर भारत लगिएको थियो। त्यहाँ उनलाई बन्धक बनाएर मिर्गौला निकालिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा भारतमा मिर्गौला निकालिएका भुजेललाई नेपाल फर्काउने जिम्मा समिर परियारले लिएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।
घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे