
काठमाडौँ । मौसम विभागका अनुसार आज बिहीबार देशका धेरैजसो पहाडी क्षेत्रहरूमा बादल लाग्नेछ भने बाँकी ठाउँमा आंशिक बादल रहनेछ। कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ। अन्य प्रदेशका केही पहाडी र तराई ठाउँहरूमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ, त्यसैले ती क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ। आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। मधेश, कोशी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा रातिको समयमा पनि वर्षा हुन सक्ने सम्भावना छ। त्यसैगरी, अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका केही भागमा पनि राति मध्यम वर्षा पर्न सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे