
काठमाडौँ । आउँदो असोज १ गतेदेखि देशभरका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने भएको छ। अब गाडी दर्ता, नामसारी वा नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेको हुनुपर्छ। यो निर्णय संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश मन्त्रालयहरूको बैठकले गरेको हो।
यातायात व्यवस्था डिजिटल बनाउने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको हो। ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गर्नेछ। मोटरसाइकल र स्कुटरको लागि शुल्क रु २,५००, कार, भ्यान, ट्र्याक्टरको रु ३,२०० र ठूला सवारीका लागि रु ३,६०० निर्धारण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे