
काठमाडौँ । गए राति सप्तरीको राजगढ गाउँपालिका–२ मा मदिरा तस्करी रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको छ । यो। प्रहरीमाथि ढुंगामुढा भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
यादवको तिघ्रामा गेली लागेको र उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। घटना भारतीय सीमानजिक सर्च अप्रेसन चलाउँदा भएको हो। प्रहरीले ८० कार्टुन मदिरा बरामद गरेको छ। यसअघि पनि सप्तरीमा हेरोइनसहित दुई जना पक्राउ परेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे