
काठमाडौँ । गएराति सुदूरपश्चिम र पूर्वी नेपाल (कोशी प्रदेश) मा भारी पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानसम्म पनि यी क्षेत्रमा पानी परिरहेको छ। मधेश प्रदेशका केही ठाउँमा पनि अहिले मध्यम वर्षा भइरहेको छ।
आज (बुधबार) दिउँसो पनि कोशी र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र मधेशका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्छ।
आज राति कोशी र मधेशका केही ठाउँमा र अन्य केही प्रदेशमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने खतरा रहेको मौसम महाशाखाले जनाएको छ।
देशभर अहिले मनसुन सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा उत्तरतर्फ सरेको छ र अहिले नेपालको तराई क्षेत्रमा छ, जसका कारण देशभर वर्षा भइरहेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे