
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अहिले तुर्कमेनिस्तानको अवाजा सहरमा भइरहेका भूपरिवेष्टित विकासशील देशहरूको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुनुहुन्छ। सम्मेलन साउन २० देखि २३ गतेसम्म हुँदैछ। प्रधानमन्त्री ओलीले आज जलवायु परिवर्तन र व्यापार सहजीकरण सम्बन्धी छलफल सत्रहरूमा सम्बोधन गर्नुहुनेछ र केही बैठकमा सहअध्यक्षता पनि गर्नुहुन्छ।
प्रधानमन्त्री ओलीले काजकस्तान, अजरबैजान र ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटघाट पनि गर्नुहुनेछ। उहाँलाई यो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानका राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवले औपचारिक निमन्त्रणा गरेका थिए।
यो सम्मेलनमा ३२ वटा समुद्रमा पहुँच नभएका (भूपरिवेष्टित) विकासशील देशहरू सहभागी छन्। यी देशहरू व्यापारमा धेरै कठिनाइ झेलिरहेका छन् — किनभने उनीहरूलाई समुद्र नपुगी अन्य देशको माध्यमबाट सामान ओसारपसार गर्नुपर्छ। यसले समय, पैसा, र स्रोत धेरै लाग्ने हुँदा उनीहरूको आर्थिक विकासमा बाधा भइरहेको छ।
सम्मेलनले यस्तो अवस्थाबाट निस्कन नयाँ उपाय, साझेदारी, र लगानी बढाउने विषयमा छलफल गर्दैछ। प्रधानमन्त्री ओलीको टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार, चिकित्सक र केही सांसदहरू पनि सहभागी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे