
काठमाडौँ । बाँके जिल्लामा लगातार वर्षाले राप्ती नदीमा पानीको सतह बढेपछि केही गाउँहरू डुबानको जोखिममा परेका छन्।
राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन साइरन बजाएर जानकारी दिएका छन्। राप्ती सोनारी जलमापन केन्द्रका अनुसार नदीको सतह ४।८६ मिटर पुगेको छ, जुन चेतावनी तहभन्दा माथि हो। कुसुम क्षेत्रमा पनि नदीको सतह ५।७४ मिटर पुगेको छ र चाँडै चेतावनी तह पार गर्न सक्ने भएकाले सबै क्षेत्रमा सतर्कता अपनाइएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नरैनापुरमा सामान्य डुबान भएको र स्थानीयले सामान सुरक्षित स्थानमा सार्न थालेको जानकारी दिए। सुरक्षा निकाय र स्थानीय विपद् समितिलाई तयारी अवस्थामा राखिएको छ र सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे