
काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको विरुद्धमा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने तयारी गरेको छ। प्रवक्ता एवं सहन्यायाधिवक्ता उद्दवप्रसाद पुडासैनीका अनुसार, आदेशको अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिइएको छ।
प्रसाईंलाई १५ चैतमा राजावादी आन्दोलनमा संलग्नता र बैंकिङ कसुरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा अदालतले आइतबार धरौटीमा छाड्ने आदेश दिएको थियो। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी सोमबार डिल्लीबजार कारागारबाट छुटेका थिए।
उनीसँगै तीनजना अन्य प्रतिवादीहरूलाई पनि अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। सुशील बराललाई ५० हजार, दण्डपाणी रेग्मीलाई १० हजार, र ‘तारा राजावादी’ भनेर चिनिने सरोज गौतमलाई ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे