
काठमाडौँ । अबदेखि वैदेशिक रोजगारीका सबै विज्ञापनहरू अनिवार्य रूपमा “श्रम संसार पोर्टल” (https://shramsansar.gov.np) वा “श्रम संसार एप” मा पनि अनलाइन राख्नुपर्ने भएको छ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले साउन १३ गतेदेखि यो नियम लागू गरेको हो।
>पहिले जस्तै विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा छाप्नुपर्ने व्यवस्था कायम रहनेछ, तर अब पोर्टल वा एपमा पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्छ। सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग जोडेकाले अब नागरिकहरूले सजिलै विज्ञापन हेर्न र जानकारी पाउन सक्नेछन्।
यदि अनलाइनमा विज्ञापन अपलोड नगरिए अपूर्ण मानिनेछ र कानुनी कारबाही हुने विभागले स्पष्ट पारेको छ। सबै वैदेशिक रोजगार कम्पनीहरूलाई यो नियम पालना गर्न सूचित गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे