
काठमाडौँ । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव धेरै बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीहरू चल्न रोक लगाइएको छ। लगातारको वर्षाले नदीमा पानीको सतह एक लाख नौ हजार नौ सय ८० क्युसेकभन्दा बढी पुगेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार, बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षा कारणले गाडी रोकिएको हो।
बिहान ८ बजेपछि उक्त निर्णय लिइएको हो। अब स्थिति सामान्य भएपछि मात्रै चारपाङ्ग्रे गाडीको आवागमन खोलिनेछ। बाँकी सवारी साधनका लागि भने कुनै रोक छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे