
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ। सामाजिक अभियन्ता युवराज सफलले वाइडबडी जहाज खरिद, नेपाल आयल निगमको जग्गा घोटाला र नक्कली भूटानी शरणार्थी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा राई संलग्न रहेको आरोप लगाउँदै आइतबार उजुरी दिएका हुन्।
सफलले निष्पक्ष छानबिनको माग गरेका छन्। विशेष अदालतले पनि वाइडबडी प्रकरणमा अख्तियारको मुद्दा दायर गर्ने तरिका चयनमुखी (पूर्वाग्रही) भएको भन्दै आलोचना गरेको छ।अदालतले राई सचिव हुँदा भएको निर्णयको विषयमा अभियोगपत्रमा केही नउठाइएको भन्दै प्रश्न उठाएको थियो।
अब राईमाथि उजुरी परेपछि अख्तियारकै निष्पक्षता र विश्वसनीयतामाथि बहस सुरु भएको छ। नागरिक समाजले राईले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै दबाब बढाइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे