
काठमाडौँ – चीनको लेन्देखोला हुँदै आएको बाढीका कारण केरुङमा रोकिएका नेपालीहरू आज तातोपानी नाकाबाट नेपाल फर्किंदै छन्। चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार चिनियाँ समयअनुसार बिहान ७ बजे नेपालीहरू चिनियाँ सवारीमा तातोपानी नाकातर्फ लागिसकेका छन्।
फर्कनेहरूमा बाढीपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरू छन्। नेपाल फर्किने नेपालीहरूको काठमाडौँसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनभित्रको व्यवस्था चिनियाँ सरकारले गरेको हो।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार फर्कनेहरूमा सवारी चालक, बिरामी, नियमित औषधि सेवन गर्ने र औषधि सकिएका गरी २०३ जना नेपाली छन्।
गत असार २४ गतेको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए। स्याफ्रुबेसी–रसुवागढी सडक खुले पनि मितेरी पुल नखुलेकाले तातोपानी नाकाबाट नेपाल ल्याइएको हो। चीनले तिनलाई तातोपानी नाकाबाट पठाएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे