
काठमाडौँ — लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका ६ वटा प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर–कोरिडोर, नवलपरासी (पूर्व) मा पर्ने कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमको भेरी करिडोर अहिले पूर्णरूपमा बन्द छन्।
यसका साथै, पाँचवटा सडक खण्डहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्। अवरुद्ध सडकहरू खोल्नका लागि नेपाल प्रहरी र सम्बन्धित निकायहरू सक्रिय रूपमा काम गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे