
काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर सिमा बारे दिएको अभिव्यक्तिमा नेता भीम रावलले व्यंग्यात्मक टिप्पणी गरेका छन्। ओलीले आफू जेलमा बिताएको समयलाई उमेर सीमाबाट घटाउनुपर्ने तर्क गरेका थिए। यसै विषयमा रावलले कटाक्ष गर्दै, “त्यसो हो भने बाल्यकाल, बिरामी भएको समय र काम नगरी सुतेको अवधिसमेत घटाउनुपर्छ,” भन्दै व्यङ्ग्य गरे। उनले राजनीतिमा आउनुअघि बितेको समयलाई पनि गणनाबाट हटाउन सुझाव दिँदै ओलीको भनाइप्रति आलोचना गरेका हुन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे